Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अरुणाञ्चल प्रदेशको याङ्गत्से क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच भिडन्त

    अरुणाञ्चल प्रदेशको याङ्गत्से क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच भिडन्त

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 837
    SHARES

    एजेन्सी । भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा भिडन्त भएको छ । अरुणाञ्चल प्रदेशको तवांगस्थित याङ्गत्से क्षेत्रमा दुवै सेनाबीच झडप भएको हो ।

    चिनियाँ सैनिकहरूले भारतीय सैनिकको पोस्ट हटाउन खोजेपछि झडप भएको थियो । चिनियाँ सैनिकले काँडेदार लाठीले भारतीय सैनिकमा आक्रमण गरेका जनाइएको छ ।



    चिनियाँ सेनाले ढुंगा प्रहार समेत गरेका आरोप छ ।झडपमा दुवै पक्षका केही सैनिक जवान घाइते भएका समेत बताइएको छ । चीन सीमावर्ती क्षेत्रमा बसाइसराई गराएर गाउँ बनाइरहेको र सडक समेत निर्माण गरिरहेको भारतीय दाबी छ ।



    चिनियाँ पक्षले सोचविचार गरेर भारतीय सैनिकमा आक्रमण गर्न ३०० सैनिक परिचालन गरेको जनाइएको छ ।

    भारतीय रक्षामन्त्री राजनाथ सिंहले घटनाबारे छलफल गर्न आकस्मिक बैठक बोलाएका छन् । बैठकमा विदेशमन्त्री एस जयशंकरसहित तीनै सेनाका प्रमुखहरू सहभागी हुने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार