Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • देउवालाई रामचन्द्र पौडेलको आग्रह – मलाई सबैले स्वीकार्छन्, प्रधानमन्त्री बन्न सघाउनुस्

    देउवालाई रामचन्द्र पौडेलको आग्रह – मलाई सबैले स्वीकार्छन्, प्रधानमन्त्री बन्न सघाउनुस्

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 726
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

    भावी प्रधानमन्त्रीका आकांक्षी पौडेलले प्रधानमन्त्री देउवालाई उनकै निवास बालुवाटारमा भेटेका हुन् ।



    आज भएको भेटमा पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सघाउन देउवासँग आग्रह गरे । स्रोतका अनुसार नेताद्वयबीच ४५ मिनेट कुराकानी भएको थियो ।



    पौडेलले गिरिजाप्रसाद कोइरालाको पालामा उनीसँग देउवाले संघर्ष गर्दा आफूले साथ दिएको स्मरण गराएका थिए । साथै, यस गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको पनि उनले बताए ।

    आफू प्रधानमन्त्री बन्दा सबैले स्वीकार्ने दावी पनि उनले गरे । देउवाले पौडेललाई ठोस जवाफ दिएनन् । उनले गठबन्धन टिकाउँदै पार्टी पनि मिलाएर जानुपर्नेमा जोड दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार