Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चन्द्रागिरि पुगे भारतीय अभिनेता ओबराय

    चन्द्रागिरि पुगे भारतीय अभिनेता ओबराय

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । भारतीय अभिनेता विवेक ओबरायले बिहीबार चन्द्रागिरिको भ्रमण गरेका छन् ।

    अभिनेता ओबरोय पिता सुरेशसहित परिवारले नै पुगेर भालेस्वर मन्दिरको दर्शन गर्नुका साथै रिसोर्टमा लन्च गरेर फर्किएका हुन् ।



    ओबरोय परिवारले चन्द्रगिरिमा करिब साढे २ घण्टा बिताएका थिए। उनी बिहीबार नै पोखरा जाने कार्यक्रम छ । बुधबार नेपाल आइपुगेका ओबरायले बिहान पशुपतिनाथको दर्शन गरेका थिए ।



    अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार