Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतीय अभिनेता विवेक ओबराय स्वदेश फर्किए

    भारतीय अभिनेता विवेक ओबराय स्वदेश फर्किए

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबराय स्वदेश फर्किएका छन् ।

    १० दिने भ्रमणका लागि परिवार सहित नेपाल आएका उनी शनिबार साँझ स्वदेश फर्किएका हुन् । व्यवसायी पुनम यादवको पहलमा परिवारसहित ओबराय गत मंसिर २८ गते नेपाल आएका थिए ।



    उनले नेपालमा राजनीतिक दलका नेतासँग भेटघाट, पशुपतिनाथको दर्शन, चन्द्रागिरी अवलोकन, पोखरामा हाई ग्रङग एड्भेन्चर्समा जिपलाइन, स्काइक्रिमर, अन्नपूर्ण केबलकारको अनुभव समेत लिएका थिए ।



    नेपालको खानाको समेत तारिफ गरेका उनले फेरि नेपाल आउने प्रतिबद्धता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार