Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले भने – स्थानीय तह विकास निर्माणको आधार स्तम्भ बन्नुपर्छ

    प्रधानमन्त्री देउवाले भने – स्थानीय तह विकास निर्माणको आधार स्तम्भ बन्नुपर्छ

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 621
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह विकास निर्माणको आधार स्तम्भ बन्नुपर्ने बताएका छन्।

    ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री देउवाले भने, ‘संविधानले स्थानीय तहलाई विकास निर्माणको आधार स्तम्भ हो । यहाँका जनप्रतिनिधिले नमूना नगरको रुपमा विकास गर्ने भूमिका खेल्नुहुनेछ भन्ने विश्वास लिएको छु । महानगरपालिका भित्र राष्ट्रिय गौरवका धरोहर छन्। यिनीहरूको संरक्षण जरुरी छ ।’



    स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताए। नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको देउवाको भनाइ छ।

    देउवाले सर्वसाधारणको नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रति नै बढी जिम्मेवा, परिणाममुखी र जवाफदेही हुनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार