Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • फिफा विश्वकपको विजेताले कति पाउँछ पुरस्कार ?

    फिफा विश्वकपको विजेताले कति पाउँछ पुरस्कार ?

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 570
    SHARES

    काठमाडौं । कतारमा आयोजना भइरहेको फिफा विश्वकप २०२२ मा प्रशस्त पुरस्कार राशि छ । धेरैजसो टोलीहरूको ध्यान प्रतिष्ठित ट्रफी उचाल्ने र आफ्ना राष्ट्रहरूको राम्रो प्रतिनिधित्व गर्नेमा हुने गर्छ ।

    पुरस्कार राशि विशेष गरी साना राष्ट्रहरूका लागि लाभदायी हुनसक्छ किनभने यसमार्फत् भविष्यमा आयोजना हुने खेलका लागि तयार हुनका लागि पूर्वाधार विकास गर्न सकिनेछ ।



    हालका वर्षहरूमा विश्व कपको लागि पुरस्कार रकमको कुरा गर्दा सन् २०२२ को यो खेल पनि भिन्न छैन । बिजेताले रेकर्ड नै तोड्ने खालको पुरस्कार पाउनेछन् ।



    फिफाले कतारमा आयोजित २०२२ विश्व कपका लागि कुल ४४० मिलियन डरल (५८ अर्ब रुपैयाँ) विनियोजन गरेको छ । सन् २०१८ को प्रतिस्पर्धाभन्दा यो ४० मिलियन डलरको वृद्धि हो ।

    सन् २०१४ मा ब्राजिलमा आयोजित सन् २०१४ को विश्व कपमा ३५८ मिलियन डलर (४७ अर्ब रुपैयाँ) विनियोजन गरिएको थियो । यो धेरै नै महत्वपूर्ण रकम भए पनि फिफाको २०२२ मा ४.६ बिलियन डलरको राजस्व बजेट छ ।

    यसका साथै प्रसारण अधिकारले मात्रै २.६ बिलियन डलर आयमा योगदान दिन्छ । अप्रिल २०२२ मा फिफाले कतार विश्व कपका विजेताले ४२ मिलियन डलर पुरस्कार राशि पाउने घोषणा गरेको छ ।

    सन् २०१८ को तुलनामा यो ४ मिलियन डलरको वृद्धि हो । पछिल्लो ४० वर्षमा पुरस्कार राशिमा लगातार वृद्धि भइरहेको छ । सन् २००६ भन्दा अघि विश्व विजेता टोलीले १० मिलियन डलरभन्दा बढी जितेनन् ।

    यस्तै, सन् १९८२ च्याम्पियन्स इटालीले २.२ मिलियन डलर पुरस्कार राशि जितेको थियो । सन् २००२ मा फिफालाई राष्ट्रिय टोलीले पुरस्कार राशि बढाउन निकै दबाब दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार