Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन अमेरिकाका लागि नयाँ राजदूत नियुक्त

    अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन अमेरिकाका लागि नयाँ राजदूत नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 747
    SHARES

    एजेन्सी । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाका लागि राजदूत नियुक्त भएका छन् । अष्ट्रेलियन सरकारले रुडलाई सन् २०२३ को मार्चदेखि कार्यभार सम्हाल्ने गरि अमेरिकाको नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुन् । उनले आगामी मार्च महिनादेखि अमेरिकी राजदूतको रुपमा कार्यभार सम्हाल्नेछन् ।



    अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पूर्वप्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रियासमेत दिएका छन् । आफूलाई यो अवसर दिएको भन्दै उनले सरकारलाई धन्यवाद पनि भनेका छन् ।



    लेबर पार्टीका नेता केभिन रुड सन् २०१३ मा राजनीतिबाट निष्क्रिय भएका थिए । त्यसयता उनले चीनसँगको सम्बन्ध प्रगाढ बनाउनुपर्ने विषयमा स्पष्ट रुपमा लेख्ने र बोल्ने गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार