Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवाले भने – पार्टीलाई व्यवधान मुक्त राख्ने काममा लाग्छु

    संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवाले भने – पार्टीलाई व्यवधान मुक्त राख्ने काममा लाग्छु

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 510
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताएका छन्।

    बुधबार बिहान नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका देउवाले यस्तो बताएका हुन् । उनले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिवद्ध रहेको बताए।



    प्रधानमन्त्री देउवाले आफूलाई नेपाली कांग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरुलाई धन्यवादसमेत दिए।



    उनले भने, ‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ। यो पार्टीलाई राम्रो रूपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त राख्नेछु ।’

    नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गर्दा सभापति देउवाले ६४ मत ल्याएर विजयी भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार