Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आफ्ना खेलाडीमाथि भएको दुर्व्यवहारप्रति फ्रान्सले गर्यो निन्दा

    आफ्ना खेलाडीमाथि भएको दुर्व्यवहारप्रति फ्रान्सले गर्यो निन्दा

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 762
    SHARES

    काठमाडौं । कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनलमा पराजित भएपछि आफ्ना खेलाडीहरुमाथि भएको रंगभेदी दुर्व्यवहारप्रति फ्रेन्च फुटबल फेडेरेस(एफएफएफ)ले निन्दा गरेको छ ।

    गएको आइतबार विश्वकपको फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो । त्यसअघि, अर्जेन्टिना र फ्रान्सले खेलको निर्धारित ९० मिनेट, इन्ज्युरी समय र अतिरिक्त समयमा ३–३ को बराबरी खेलेका थिए ।



    सो हारपछि फ्रान्सका केही खेलाडीले सामाजिक सञ्जालमार्फत आफूहरूमाथि दुर्व्यवहार भएको बताएका थिए ।



    सोमबार जर्मन क्लब बायर्न म्युनिखले क्लबका खेलाडी किङ्स्ले कोमनमाथि भएको रंगभेदी दुर्व्यवहारको निन्दा गरेको थियो । कोमनले फाइनल खेलमा फ्रान्सबाट पेनाल्टी चुकाएका थिए ।

    अहिले एफएफएफले पनि आफ्ना टिमका खेलाडीप्रति भएको दुर्व्यवहारविरुद्ध कारबाहीका लागि उजुरी दर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

    “विश्वकपको फाइनलपछि सामाजिक सञ्जालमा फ्रान्सका केही खेलाडीमाथि स्वीकार गर्न नसकिने रंगभेदी र घृणापूर्ण टिप्पणी फैलिरहेको छ । एफएफएफ त्यसको निन्दा गर्दै यसविरुद्ध जिम्मेवार रहेकाहरूप्रति उजुरी दर्ता गर्ने बताउन चाहन्छ,” एफएफएफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    फेडेरेसनले खेलाडीमाथि दुर्व्यवहार गर्नेहरुविरुद्ध कानूनी प्रकृया अघि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार