Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कारागार प्रशासनलाई चार्ल्स शोभराजको आग्रह – मिडियालाई मेरो फोटो खिच्न नदिनू

    कारागार प्रशासनलाई चार्ल्स शोभराजको आग्रह – मिडियालाई मेरो फोटो खिच्न नदिनू

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 726
    SHARES

    काठमाडौं । विश्व कुख्यात ‘बिकिनी किलर’ का रूपमा चिनिएका चार्ल्स शोभराजले आफूलाई मिडियाबाट टाढै राखिदिन केन्द्रीय कारागार प्रशासनलाई आग्रह गरेका छन् ।

    फोटो पनि खिच्न नदिने र मिडियासँग कुराकानी पनि नगर्ने भन्दै शोभराजले त्यसको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । उनलाई कारागार प्रशासनले आज अध्यागमन विभागमा उपस्थित गराउँदैछ ।



    अध्यागमनले पासपोर्ट लगायतका कागजपत्र हेरेर उनकै देश फ्रान्स फर्काउने तयारी गरेको छ । नेपालमा १९ वर्षदेखि जेल सजाय भोगिरहेका शोभराजलाई गत बुधबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो ।



    साथै १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो । शोभराजले २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको बताइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार