Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राजनीतिमा फल खेले रेड कार्ड देखाएर आउट गर्नुपर्छ : केपी ओली

    राजनीतिमा फल खेले रेड कार्ड देखाएर आउट गर्नुपर्छ : केपी ओली

    खेलकुदमन्त्री आउँदा अझै १०/१५ दिन लाग्न सक्छ

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 525
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताएका छन् ।

    मदन भण्डारी स्पोर्टस एकेडेमीको १४ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    उनले भने, ‘अहिले खेलकुदमन्त्री नै छैन । खेलकुदमन्त्री आउँदा अझै १०/१५ दिन लाग्न सक्छ । खेलकुद मन्त्री आएपछि म भन्छु खेलाडीहरुको सरकारले हेरोस् ।’



    खेलकुद क्षेत्रको विकासका लागि आफूले सरकारसमक्ष माग गरेर पहल गर्ने बताए ।

    पाँचदलीय गठबन्धन भत्काएर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएको प्रसंगलाई संकेत गर्दै ओलीले भने, ‘राजनीतिमा पनि फल खेल्न हुँदैन । एल्लो कार्ड, कहिलेकाहीँ त रेड कार्ड नै दिएर आउट गर्नुपर्छ । सफलताका लागि फल नगरी खेल्नुपर्छ ।’

    ओलीको प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने निर्णयले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संघदेखि प्रदेशसम्म सत्ताबाहिर पुगेको छ ।

    उनले खेलकुददेखि राजनीतिसम्म कहीँ पनि फल खेल्ने नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार