Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गृहमन्त्री लामिछानेले निर्देशन दिएको एक साता नवित्दै स्थगित भयो राहदानी वितरणको काम

    गृहमन्त्री लामिछानेले निर्देशन दिएको एक साता नवित्दै स्थगित भयो राहदानी वितरणको काम

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरणको काम अवरुद्ध गरेको छ । विभागले अर्को सूचना नआएसम्म उपस्थित नभइदिन सेवाग्राहीलाई आग्रह गरेको हो ।

    पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको छ ।



    पछिल्लो समय राहदानीका लागि फारम बुजाउने र राहदानी लिनका लागि विभागमा सेवाग्राहीको भीड अत्यधिक बढिरहँदा विभागको सिस्टममा समस्या देखिएको हो ।



    भीड कम गराउन जनगुनासो बढेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले समेत केही दिनअघि विभागको कार्यालयमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।

    गृहमन्त्री लामिछानेले अनुगमनका क्रममा सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन कर्मचारीलाई निर्देशन दिएका थिए। तर उनले निर्देशन दिएको एक हप्ता नपुग्दै विभागको सिस्टममा समस्या आएको हो ।

    राहदानी विभागले यस्तो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने भनेको छ ।

    विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति राहदानी विभाग क्षमाप्रार्थी छ ।’

    साथै, नियमित रूपमा राहदानी आवेदनका लागि ुअप्वाइन्टमेन्ट डेटु बुक गरेका सेवाग्राहीहरूलाई बुक गरेको मितिमा बायोमेट्रिकका लागि विभागमा उपस्थित हुन पनि विभागले आग्रह गरेको छ ।

    पछिल्लो समय राहदानीका लागि फारम बुजाउने र राहदानी लिनका लागि विभागमा मानिसहरूको भीड अत्यधिक बढिरहँदा विभागको सिस्टममा समस्या देखिएको हो ।

    विभागका अधिकारीहरूले भने कोरोना महामारीका कारण लामो समय राहदानी वितरणको काम रोकिँदा हाल सेवाग्राहीहरूको भीड बढेको बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार