Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हप्ता असुल्न थालेपछि कैलालीमा कार्यरत सई र हवल्दारविरुद्ध उजुरी

    हप्ता असुल्न थालेपछि कैलालीमा कार्यरत सई र हवल्दारविरुद्ध उजुरी

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 912
    SHARES

    धनगढी । कैलालीमा प्रहरी नायब निरीक्षक(सई) र सहायक हवल्दार तस्करीमा मुछिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नाबय निरीक्षक सुशिल चन्द र सहायक हवल्दार नन्दराज भट्टमाथि तस्करीका सामान भित्र्याउने गरेको आरोप लागेको हो ।



    जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ कैलाली लगायतका निकायमा पठाइएको बेनामी उजुरीमा प्रहरीद्धय चन्द र भट्टले कार्यालय प्रमुखलाई समेत गुमराहमा राखेर तस्करलाई संरक्षण दिदै सामान भित्र्याउने गरेको भन्दै कारवाही गर्न माग गरिएको छ ।



    सामान मात्र नभएर भारतीय मुद्राको कारोबार, सुन, काठ, लागुऔषध तस्करीमा उनीहरु संलग्न रहेकाले कारवाहीको माग गरिएको छ ।

    गल्ती कमजोरी ढाकछोप गर्ने उद्देश्यले डराई, धम्क्याएर घुमुवा टोलीबाट हटाएको पनि उल्लेख छ । उक्त उजुरीमा भजनी, टीकापुर, हसुलिया लगायतका क्षेत्रबाट विभिन्न व्यक्तिसँग हप्ता असुलेको रकम समेत उल्लेख गरिएको छ ।

    दुवै जनामाथि आवश्यक छानविन गरेर दोषी देखिएमा कारवाहीको दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए ।

    पत्रकार महासंघ कैलालीलाई पनि सोही व्यहोराको पत्र हुलाक कार्यालय मार्फत प्राप्त भएको थियो ।

    अहिले जिल्लाको प्रमुख भएर आएका एसपी देवेन्द्रबहादुर पालले कडाइ गरेका कारण कारवाहीको अपेक्षासहित पीडित प्रहरी अधिकृतले नै विभिन्न निकायमा बेनामी उजुरी दिएको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार