Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सरकारले ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने

    सरकारले ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 621
    SHARES

    काठमाडौं । सरकारले ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ । सत्तारुढ गठबन्धनले तयार पारेको ‘सरकारको नीतिगत प्राथमिकता र कार्यक्रम’को मस्यौदामा यो एजेण्डा सामेल गरिएको हो ।

    प्रस्तावित मस्यौदा अनुसार स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्दै मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउँदै लैजाने र राष्ट्रिय पुँजीको विकास गर्न ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।



    स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता,औषधि, सिमेन्टजस्ता वस्तुको उपयोगमा प्रोत्साहन गर्ने, उत्पादनलाई प्रोत्साहित गर्न सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत महसुल तथा ऋणमा उपयुक्त ब्याज अनुदान दिने सरकारको योजना रहने जनाइएको छ ।



    यस्तै, भन्सार नियमनका माध्यमबाट समेत स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने, रोजगार बैंक, स्टार्ट अप कोष र व्यवसाय कोरल्ने केन्द्र स्थापना गरी ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई प्रवर्द्धन गर्ने विषय पनि मस्यौदामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार