Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्दै लोसपा

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्दै लोसपा

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 651
    SHARES

    फाइल तस्विर

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

    पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिने/नदिनेबारे छलफल गरिनेछ ।



    विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ ।



    पुरानो गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि लोसपाले सरकारलाई समर्थन गरेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार