Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ ट्रेलर रिलिज (भिडिओ)

    जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ ट्रेलर रिलिज (भिडिओ)

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 630
    SHARES

    काठमाडौं । जितु नेपाल र साम्राज्ञी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज भएको छ ।

    आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ट्रेलरले हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई चित्रण गरिएको छ ।



    कपिल रिजालको निर्देशन रहेको फिल्ममा पहिलो पटक कलाकार जितु नेपाल र नायिका साम्राज्ञी शाहले जोडी बाधेका छन् । फिल्ममा जितु ह्यारी र साम्राज्ञी उनको प्यारी बनेकी छिन् ।



    माघ २० मा फिल्म रिलिज हुने जितु र साम्राज्ञीका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको समेत अभिनय फिल्ममा अभिनय रहेको छ ।

    निर्देशक रिजालकै कथा, सुदीप बरालको पटकथा र संवाद रहेको फिल्म रोमान्टिक कमेडी विषयमा बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार