Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ब्राजिलमा निवर्तमान राष्ट्रपतिका समर्थकहरू छिरे राष्ट्रपति भवन र संसदमा, मच्चाए हंगामा

    ब्राजिलमा निवर्तमान राष्ट्रपतिका समर्थकहरू छिरे राष्ट्रपति भवन र संसदमा, मच्चाए हंगामा

    अनलाइन नेपाल
  • सोमबार, २५ पुष २०७९
  • 807
    SHARES

    एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकको भिड राष्ट्रपति भवन र संसदमा प्रवेश गरेको छ । बोल्सोनारोका हजारौँ समर्थक संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् ।

    हरियो र पहेलो रंगको पोशाकमा उत्रेका बोल्सोनारोका समर्थकहरूले हालै निर्वाचित लुइज इनासियो लुला डा. सिल्भाले चुनावमा धाधली गरेको आरोप लगाउँदै निर्वाचन परिणाम मान्न तयार नभएको बताएका छन् ।



    ब्राजिलमा गत अक्टोबर ३० मा भएको निर्वाचनमा दक्षिणपन्थी बहालवाला राष्ट्रपति बोल्सोनारोलाई हराउँदै वामपन्थी लुला तेस्रो पटक राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।



    बोल्सोनारोले हालसम्म चुनावको परिणाम स्विकार गर्नुभएको छैन ।प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा प्रहरीको घेरा तोड्दै देशका संवेदनशील क्षेत्रमा धावा बोलेका छन् । प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी गर्नुका साथै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार