Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 483
    SHARES

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् ।

    प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको हो ।



    यस्तै नेपाली कांग्रेसका एक जना सांसद बैठकमा अनुपस्थित रहेका थिए । नेकपा (एमाले) प्रदेश १ संसदीय दलका नेता कार्की यही पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।



    उनी नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीलाई गठबन्धनमा आबद्ध ४ दलका ६० जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए।

    एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले कार्कीलाई समर्थन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार