Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेपालमा हुने एकदिवसीय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक

    नेपालमा हुने एकदिवसीय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल, नामिबिया र स्कटल्यान्डबीच हुने एकदिवसीय क्रिकेट शृङ्खलाको तालिका सार्वजनिक भएको छ ।

    नेपाल क्रिकेट सङ्घ क्यानले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको शृङ्खलाको तालिका सार्वजनिक गरेको हो ।



    नेपालले पहिलो खेल फेब्रुअरी १४ अर्थात् फागुन २ गते नामिबियासँग खेल्नेछ । यस्तै स्कटल्यान्डसँग फागुनको ५ गते, ६ गते नामिबियासँग र ९ गते स्कटल्यान्डसँग खेल्नेछ ।



    विश्व कप लिग–टु अन्तर्गतको शृङ्खलाको तालिकामा नेपाल २४ खेलमा १८ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्यान्ड ३२ खेलमा ४६ अङ्कसहित शीर्ष स्थानमा र नामिबिया ३० खेलमा ३७ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार