Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, १० जना मारिए

    अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, १० जना मारिए

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 798
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा भएको अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ ।

    स्थानीय समय अनुसार शनिबार राति ८ बजेर २० मिनेटमा यस्तो घटना भएको हो । यस्तै गोली प्रहारबाट कम्तीमा अरु १० जना घाइते भएका छन् ।



    लुनार नयाँ वर्षका अवसरमा रमाइलो गर्न हजारौं मानिस भेला भएको बेला गोली प्रहार भएको क्यालिफोर्नियाको प्रहरीले जनाएको छ ।



    लुनार नयाँ वर्षको एक हप्ता लामो उत्सव मनाउन हजारौँ व्यक्तिको उपस्थिति थियो । राति उत्सव सकिनुभन्दा केही मिनेट अघि मात्र गोली चलेको बताइएको छ ।

    एक जना पुरुषले मेसिनगनबाट गोली चलाएको अनुमान् रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार