Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • हिमालय रोडिजको पाँचौं सिजनलाई सुरज सिंह ठकुरीले होस्ट गर्ने

    हिमालय रोडिजको पाँचौं सिजनलाई सुरज सिंह ठकुरीले होस्ट गर्ने

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 456
    SHARES

    काठमाडौं । टेलिभिजन रियालिटी शो हिमालय रोडिजको पाँचौं सिजनलाई टीभी पर्सनालिटी तथा अभिनेता सुरजसिंह ठकुरीले होस्ट गर्ने भएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ठकुरीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त अवसरमा सिजन-५ को औपचारिक घोषणा समेत भयो ।



    २० वर्षदेखि कान्तिपुर टिभीमा आवद्ध चर्चित टेलिभिजन प्रस्तोता ठकुरी कान्तिपुर टेलिभिजन छोडेर हिमालय टेलिभिजनमा प्रवेश गरेका छन् ।



    हिमालय टेलिभजनबाट आउँदो वैशाखदेखि प्रशारण हुने हिमालय रोडिजको नयाँ सिजनमा उनी होस्टका रुपमा देखिने छन् । आजैबाट उक्त शोको डिजिटल अडिसन खुला गरिएको छ ।

    पत्रकार सम्मेलनमा पाँचौ सिजनको प्रोमो समेत सार्वजनिक गरियो जसमा होस्ट समेत रहेका ठकुरीलाई फिचर्ड गरिएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार