Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • विभागलाई स्वास्थ्यमन्त्रीको निर्देशन- गुणस्तरहीन औषधि बिक्री भएको गुनासो छ, निगरानी बढाउनूस्

    विभागलाई स्वास्थ्यमन्त्रीको निर्देशन- गुणस्तरहीन औषधि बिक्री भएको गुनासो छ, निगरानी बढाउनूस्

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 528
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधि बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन औषधि व्यवस्थापन विभाग निर्देशन दिएका छन् ।

    मंगलबार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरूको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताएका हुन् ।



    उनले निगरानी र निरीक्षणका विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनै पनि बहाना नबनाएर प्रतिवद्ध भएर निरीक्षणमा लाग्न आग्रह गरे ।



    मन्त्री गिरीले स्वास्थ्यको क्षेत्रमा अब नेपालमा आधारभूत रुपले जनताले अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रको सुधार गर्न आवश्यक रहेको बताए ।
    उनले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै पूर्वाधारको निर्माण गरेर अघि बढ्न निर्देशन समेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार