Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पठान हेर्न बंगलादेशबाट भारत आइपुगे दर्शक

    पठान हेर्न बंगलादेशबाट भारत आइपुगे दर्शक

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 621
    SHARES

    एजेन्सी । अभिनेता शाहरुख खानको कमव्याक फिल्म ‘पठान’ले बक्सअफिसमा जोडतोडका साथ कमाई गरिरहेको छ ।

    चार वर्षपछि पर्दामा फर्किएका शाहरुखले आफूलाई बलिउडको बादशाहका रुपमा साबित गरिसकेका छन् ।



    यतीमात्र होइन उनले आफ्नो स्टारडम देशदेखि विदेशसम्म जिउँदो रहेको देखाइसकेका छन् । शाहरुख र उनको फिल्मप्रति फ्यानको क्रेज कतिसम्म छ भन्ने कुरा थाहा पाउन हालैको एक घटना हेरे पुग्छ ।



    शाहरुखका एक फ्यानले आफ्नो परिवारलाई ‘पठान’ देखाउन बंगलादेशबाट १ सय ३० किलोमिटर यात्रा गर्दै भारत आइपुगेका छन् । ती फ्यान बंगलादेशको ढाकाबाट भारतको त्रिपुरा पुगेका हुन् । अगरतलास्थित रुपासी सिनेमाका मालिक सतदीपले ट्वीट गर्दै यो कुरा खुलाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार