Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ‘पठान’ले ६ दिनमै कमायो ६ सय करोड

    ‘पठान’ले ६ दिनमै कमायो ६ सय करोड

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 522
    SHARES

    काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको फिल्म पठानले ६ दिनमा ६ सय करोडको आँकडा पार गरेको छ।

    ट्रेड एलालिस्ट रमेश बालाका अनुसार पठानले ६ दिनमा विश्वव्यापी बक्स अफिसमा ६०० करोड आँकडा पार गरेको छ।



    पठानले आइतबार भारतमा ६०.७५ करोड कमाएको थियो। यो कमाइमा पठानको हिन्दी कलेक्सन ५८.५ करोड थियो। तर, सोमबार फिल्मको कमाइ आधारभन्दा कम भएको छ।



    शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको प्रमुख भूमिका रहेको फिल्म पूर्णतः एक्सनप्रधान कथावस्तुमा आधारित छ । फिल्ममा सलमान खानको विशेष भूमिका छ ।

    सिद्धार्थ आनन्द निर्देशित फिल्मले भारतसहित विदेशमा समेत राम्रो कमाइ गरिरहेको जनाइएको छ । लगातार ठूला फिल्म समेत असफल भइरहेको बलिउडमा पठानको ऐतिहासिक कमाइले बलिउडलाई तत्काल राहत मिलेको अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार