Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्ताव

    राष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्ताव

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 726
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र टुंग्याउनुपर्ने प्रस्ताव गरेको छ ।

    समितिको बुधबारको बैठकमा सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धको महाभियोग ३ महिनाभित्र र संवैधानिक प्रमुख वा सदस्य विरुद्धको महाभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउनु पर्ने प्रस्ताव गरेको हो ।



    त्यस्तै प्रधानन्यायाधीश, न्याय परिषदका सदस्य र संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाअभियोग प्रस्ताव ५ महिनाभित्र टुंगो लगाउनुपर्ने प्रस्ताव गरिएको छ ।



    सचिवालयले समितिमा मंगलरबार भएको छलफलको आधारमा खाका तयार पारेको हो । सचिवालयले बनाएको खाका समिति सदस्यहरुलाई वितरण गरिएको छ ।

    यो प्रस्तावमा छलफल भने भएको छैन । प्रतिनिधिसभाले आफ्नो काम व्यवस्थित गर्नका लागि माघ १० गते प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो ।

    सबै दल र स्वतन्त्र सांसद समेतको संलग्नता रहेको समितिमा २१ सदस्य छन् । उनीहरुलाई १५ दिनको समय दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार