Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नियमावली संशोधनका लागि १६ सदस्यीय मस्यौदा समिति गठन

    नियमावली संशोधनका लागि १६ सदस्यीय मस्यौदा समिति गठन

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 456
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन’ नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरेको छ ।

    राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु रहने समितिहरुको नियमावली मस्यौदाका लागि १६ सदस्यीय समिति गठन गरेको हो।



    प्रतिनिधिसभाको बैठकमा नियमावली मस्यौदाका लागि दलहरुकाबीचमा भएको सहमति अनुसारको नाम सभामुखको अनुमतिपछि माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले समिति गठनको प्रस्ताव पेस गरेका थिए।



    समितिमा अनिता देवी, जीवन परियार, ध्रुवबहादुर प्रधान, नागिना यादव, पूर्णबहादुर घर्ती, महेश बर्तौला, मेटमणि चौधरी, रञ्जुकुमारी झा, रमेश लेखक, रामहरि खतिवडा, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, सरिता प्रसाईं, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम र हितराज पाण्डे सदस्य रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार