Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आइसीसी लिग-२ : सन्दीपले लिए दोस्रो बलमै विकेट

    आइसीसी लिग-२ : सन्दीपले लिए दोस्रो बलमै विकेट

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 684
    SHARES

    काठमाडौं। विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध अहिले भइरहेको खेलमा सन्दिप लामिछानेले दोस्रो बलमै विकेट लिएका छन्।

    ११ औँ ओभरमा बलिङमा आएका सन्दिपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ड आउट गरेका हुन् ।



    आइसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियासँग खेलिरहेको छ।



    नामिबियाले १३ ओभरको समाप्तीमा २ विकेट गुमाएर ५० रन बनाएर खेलिरहेको छ। नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए।

    केन्या सिरिजपछी मैदान फर्केका सन्दीपले पहिलो विकेट लिएपछि मैदानमा नै भावुक बनेका थिए। ११ औँ ओभरमा बलिङमा आएका सन्दीपले आफ्नो दोस्रो बलमा नै विकेट लिए। १२ औँ ओभरमा सन्दीपले मात्र १ रन दिए। सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र ३ रन दिएर १ विकेट झारे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार