Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बने रोहित

    ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याट्सम्यान बने रोहित

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 528
    SHARES

    काठमाडौं । राष्टिय क्रिकेट टालीका कप्तान रोहित पौडेलले एक दिवसीय खेलमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको खेलमा ५५ रन बनाएपछि रोहित १ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका हुन्।



    रोहितले २६ ओभरको पहिलो बलमा चौका हान्दै एक दिवसीय क्रिकेटमा १ हजार रन पुरा गरेका छन्। ओडीआईमा रोहितको व्यक्तिगत उच्च स्कोर १२६ रन हो ।



    यस्तै लिग टु मा पनि रोहित नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । लिग २ मा २२औं खेल खेलिरहेका रोहितले चार अर्धशतक मद्दतमा ६०० भन्दा बढी रन बनाइसकेका छन् । लिग टु मा रोहितको व्यक्तिगत उच्च स्कोर अविजित ६२ रन हो।

    लिग २ मा सबैभन्दा धेरै रन नामिबियाका कप्तान जेर्हार्ड एरसामसले बनाएका छन् । एरासमसले २९ खेल खेल्दै १ शतक र ११ अर्धशतक मद्दतमा १ हजार २२२ रन बनाएका छन् । रोहितले सन् २०१८ मा नेदरल्यान्डसँग खेल्दै राष्टिय टोलीमा डेब्यु गरेका थिए।

    एक दिवसीय खेलमा रोहितले ५ अर्धशतक र १ शतक हानेका छन्। एक दिवसीयमा ३३ खेल खेल्ने क्रममा रोहितले यो कोशेढुङगा पार गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार