Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गोंगबु घटनापछि आईजीपी सिंहको निर्देशन– शान्तिसुरक्षामा पूर्वानुमान गरी तयारी हालतमा रहनू

    गोंगबु घटनापछि आईजीपी सिंहको निर्देशन– शान्तिसुरक्षामा पूर्वानुमान गरी तयारी हालतमा रहनू

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 528
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंहले कानुनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउन मातहतका प्रहरीलाई निर्देशन दिएका छन् ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सोहीअन्तर्गत कार्यालयका प्रमुखहरूलाई बुधबार प्रहरी मुख्यालयमा बोलाएर आईजीपी सिंहले यस्तो निर्देशन दिएका हुन् ।



    गएको सोमबार काठमाडौंको गोंगबुमा भएको घटनातर्फ संकेत गर्दै उनले भने, ‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुन सक्ने घटनाको पूर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकताअनुरूप कानुनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनू ।’



    उनले घटनालाई गम्भीरताका साथ लिएर संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी चुक्न नहुने बताए। प्रहरी महानिरीक्षक सिंहले जिम्मेवारीलाई पूर्ण रुपमा सम्पादन गर्न निर्देशन पनि दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार