Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सरकारी कर्मचारीहरूलाई टिकटक नचलाउन अमेरिकी सरकारको आदेश

    सरकारी कर्मचारीहरूलाई टिकटक नचलाउन अमेरिकी सरकारको आदेश

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 738
    SHARES

    फाइल फोटो

    एजेन्सी । अमेरिकी सरकारले एक महिनाभित्र सरकारी कर्मचारीहरूलाई आफ्नो फोनबाट टिकटक हटाउन आदेश दिएको छ ।

    राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सबै सरकारी निकायहरूलाई कर्मचारीको फोनबाट टिकटक एप ३० दिनभित्र हटाउन आदेश दिएको हो ।



    सुरक्षा संवेदनशीलताको कारण देखाउँदै चिनियाँ कम्पनी बाइट डान्सको एप टिकटक हटाउन सरकारी कर्मचारीलाई अमेरिकी सरकारले आदेश दिएको हो ।



    यसअघि युरोपियन युनियन र क्यानडामा त्यहाँका सरकारी कर्मचारीलाई दिइने फोनबाट टिकटक हटाउन आदेश दिइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार