Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • आठ दलीय गठबन्धनको संयुक्त अभिमुखीकरण कार्यक्रम स्थगित

    आठ दलीय गठबन्धनको संयुक्त अभिमुखीकरण कार्यक्रम स्थगित

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 645
    SHARES

    काठमाडौं । राष्ट्रपति निर्वाचन केन्द्रित ८ दलीय गठबन्धनको संयुक्त भेला स्थगित भएको छ ।

    गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचित गराउन भन्दै आयोजित भेला स्थगित भएको हो ।



    निर्वाचनका लागि मौन अवधि सुरु हुने भएकाले फागुन २४ गते काठमाडौंमा गर्ने भनिएको अभिमुखीकरण प्रशिक्षण स्थगित गरिएको हो।



    गठबन्धनमा रहेका दलहरुले यसअघि संघीय संसदका सांसदहरुका लागि काठमाडौंमा र प्रदेश सभाका सांसदहरुका लागि सात वटै प्रदेशमा संयुक्त रुपमा अभिमुखिकरण प्रशिक्षण कार्यक्रम गरेका थिए।

    राष्ट्रपति निर्वाचन आगामी २५ फागुनमा हुँदैछ । राष्ट्रपतिका लागि एमालेबाट सुवास नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार