Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ४५ बोतल मदिरा चोर्ने जोडीलाई चार वर्ष जेल

    ४५ बोतल मदिरा चोर्ने जोडीलाई चार वर्ष जेल

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 456
    SHARES

    काठमाडौं । झन्डै १७ लाख डलर मूल्य पर्ने मदिरा चोरेको अभियोगमा जोडीलाई स्पेनमा चार वर्ष कारागारको सजाय सुनाइएको छ । मेक्सिकोकी एक पूर्वसुन्दरी र उनका प्रेमीलाई त्यहाँको अदालतले कारागारको सजाय सुनाएको हो ।

    बीबीसीका अनुसार सन् २०२१ मा स्पेनको कासेरेस सहरस्थित एउटा विलासी होटलबाट ४५ बोलत मदिरा चोरी भएको थियो । त्यतिबेला अभियुक्तहरू उक्त होटलमा बसेका थिए। चोरी गरेर उनीहरू त्यहाँबाट भागेका थिए।



    तर नौ महिनापछि क्रोएशिया-मोन्टिनिग्रोको सीमामा पक्राउ गरेर उनीहरूलाई स्पेन फर्काइएको थियो। चोरी भएको मदिराको कुनै बोतल पनि फेला परेको छैन। अदालतले उक्त जोडीलाई टाटानिया र इस्टानिस्लाओ भनेर मात्र चिनाएको छ।



    अदालतले उनीहरूलाई साढे सात लाख यूरोभन्दा बढी जरिवाना तिर्न पनि आदेश दिएको छ। यद्यपि उनीहरूले अदालतको आदेशलाई चुनौती दिन पुनरावेदन गर्न पाउनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार