Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सरकारविरोधी २२ हजार नागरिकलाई आममाफी दिने इरानको घोषणा

    सरकारविरोधी २२ हजार नागरिकलाई आममाफी दिने इरानको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 603
    SHARES

    एजेन्सी । इरान सरकारले हिजाब तथा सरकारविरोधी प्रदर्शनमा सहभागी २२ हजार आरोपीलाई आममाफी दिने भएको छ ।

    प्रधानन्यायाधीश घोलामहोसेन मोहसेनी एजेइले प्रदर्शनमा सहभागीलाई आममाफी दिने निर्णय भएको जानकारी दिएका हुन् ।



    गत महिना सर्वोच्च नेता अली खमेनेईले पनि असन्तुष्टिका बीच हजारौँ कैदीलाई आममाफी दिएका थिए । प्रधानन्यायाधीश एजेइले अहिलेसम्म ८२ हजार जनाले आममाफी पाइसकेको बताएका छन्, जसमा योपटक २२ हजारलाई माफी दिने घोषणा गरिएको हो ।



    उनीहरु सबै सरकार विरोधी प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुलाई कहिले हिरासतमुक्त गरिन्छ भन्नेबारे भने एकिन गरिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार