Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • थ्री नेसन्स प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लाओससँग खेल्ने

    थ्री नेसन्स प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लाओससँग खेल्ने

    अनलाइन नेपाल
  • मंगलबार, ७ चैत्र २०७९
  • 765
    SHARES

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता भोलि बुधबारबाट काठमाडौंमा सुरु हुँदैछ ।

    थ्री नेसन्स कपमा नेपालसँगै भुटान र लाओसको सहभागिता रहेको छ ।



    प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भोलि दशरथ रंगशालामा लाओससँग पहिलो खेल खेल्दै छ ।



    नेपाल र लाओसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

    घरेलु मैदानमा नेपाल लाओसविरुद्ध उत्कृष्ट नतिजा निकाल्ने योजनासहित मैदान उत्रनेछ ।

    नेपालले २०१६ पछि पहिलो पटक लाओससँग खेल्न लागेको हो । प्रतियोगिताको प्रत्यक्ष प्रशारण एनटिभी प्लसले गर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार