Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • अश्लील शब्द बोलेपछि हेलिकप्टर पाइलट निलम्बन

    अश्लील शब्द बोलेपछि हेलिकप्टर पाइलट निलम्बन

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 546
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लील शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ।

    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौँ–लुक्ला उडानका क्रममा टावरसँग अश्लील शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई ग्राउन्डेड गरिएको हो।



    ‘यही २१, मार्च २०२३ मा काठमाडौँबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले मिस कम्युनिकेसन गरेको हुनाले निजलाई ग्राउन्डेड गरिएकोछ’, प्रवक्ता निरौलाले भने।



    त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने थप दुई हेलिकप्टर कम्पनीका पाइलटलाई ग्राउन्डेड गरिएको छ। एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकप्टर उडाएका थिए। यी तीनै जना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकप्टर उडाउन पाउने छैनन्। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार