Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आईजीपी कुँवरले शुरु गरे ‘फास्ट ट्रय्राक’मा काम

    आईजीपी कुँवरले शुरु गरे ‘फास्ट ट्रय्राक’मा काम

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 852
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले पदभार सम्हालेको भोलिपल्टै चार डिआइजीलाई एआइजी बढुवामा सिफारिस गरेर प्रहरीभित्र सरुवा र बढुवामा देखिंदै आएको विवाद हटाउने संकेत देखाएका छन् ।

    गृहसचिव विनोद प्रकाश सिंह नेतृत्वको बढुवा समितिको सोमबारको बैठकले डिआईजीहरु सन्दीप भन्डारी, सुदीप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङको बढुवा सिफारिस गरेको हो ।



    बरियतामा अघि रहेकालाई नै बढुवा सिफारिस गरिएको छ । आईजीपी कुँवरले पदबहाली गरेको दोस्रो दिन नै एआइजी बढुवा निकाल्न सफल भएका हुन् । बढुवा समितिमा आईजीपी सदस्य सचिव रहने व्यवस्था छ ।



    यसअघि तत्लो दर्जाका प्रहरी अधिकारीहरुको सरुवादेखि माथिल्लो तहका प्रहरी अधिकारीहरुको सरुवा र बढुवामा विवाद हुँदै आएको थियो । विवादकै कारण बढुवा प्रकृया लम्बिने गरेकोमा आईजीपी कुँवरले भने पद सम्हालेकै भोलीपल्ट एआईजी बढुवाका लागि सिफारिस गरेर राम्राे म्यासेज दिएका छन् ।

    बरियताक्रम अनुसार नै बढुवा सिफारिस गरिएको हुँदा प्रहरीभित्र देखिंदै आएको विवाद पनि आईजीपी कुँवरकै कार्यकालबाट हट्ने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार