Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मधेशलाई पराजित गर्दै कोशी ललितपुर मेयर कपको फाइनलमा

    मधेशलाई पराजित गर्दै कोशी ललितपुर मेयर कपको फाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 471
    SHARES

    काठमाडौं । कोशी प्रदेश काठमाडौंमा जारी ललितपुर मेयर्स कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ को फाइनलमा प्रवेश गरेको छ ।

    मंगलबार भएको खेलमा मधेश प्रदेशलाई ६२ रनले पराजित गर्दै कोशी फाइनलमा पुगेको हो।



    कोशीले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेटको गुमाएर ४३ रन मात्रै बनाउन सक्यो।



    कोशीका लागि कप्तान रुविना क्षेत्री, निशा शाह र अलिसा खडियाले २-२ तथा सबनम राईले १ विकेट लिए ।

    मधेशका लागि सरस्वती कुमारीले सर्वाधिक १० रनको योगदान गरिन् । अमिशा पटेल, अमिरान निशा र सन्तोषी चौधरीले समान २-२ विकेट हात पारे ।

    फाइनल पुगेका कोशी र एपीएफबीचको फाईनल खेल भने चैत १६ गते हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार