Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ललितपुर मेयर कप क्रिकेटमा मधेश प्रदेशको पहिलो जित

    ललितपुर मेयर कप क्रिकेटमा मधेश प्रदेशको पहिलो जित

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 447
    SHARES

    काठमाडौं । ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित हात पारेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा मधेशले आयोजक ललितपुर मेयर्स ११ लाई १ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको हो ।



    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ललितपुर मेयर्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ९६ रन बनायो ।



    मधेस प्रदेशले ९७ रनको विजयी लक्ष्य १९ दशमलव दुई ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो । यसअघि ब्याटिङ गर्दै ललितपुर मेयर्सका लागि सोनी पाख्रीनले ३४, लक्ष्मी चौधरीले २३ तथा सृष्टी जैसीले १५ रन बनाइन् ।

    जितसँगै मधेस प्रदेश अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर मेयर्स जितबिहीन रहँदै अङ्क तालिकाको पुछारमा छ ।

    ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत केहीबेरमा कीर्तिपुरस्थित मैदानमा अर्को खेल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार