Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एपीएफले कोशी प्रदेशलाई दियो १५५ रनको कीर्तिमानी लक्ष्य

    एपीएफले कोशी प्रदेशलाई दियो १५५ रनको कीर्तिमानी लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 387
    SHARES

    काठमाडौं । ललितपुर मेयर कप महिला क्रिकेटको फाइनल खेलमा एपीएफ क्लबले कोशी प्रदेशलाई १ सय ५५ रनको लक्ष्य दिएको छ।

    सीता राना मगर र इन्दु बर्माको शतकीय साझेदारीमा एपीएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १५४ रन बनाएको हो ।



    एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ६८ बलमा ७९ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीताले ९ चौका र २ छक्का प्रहार गरिन् ।



    कोशीका लागि अलिसा खडियाले १ विकेट लिईन् । कोशीले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार