Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एपीएफ क्लब ललितपुर मेयर्स कप महिला क्रिकेटको फाइनलमा

    एपीएफ क्लब ललितपुर मेयर्स कप महिला क्रिकेटको फाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल एपीएफ क्लब, काठमाडौंमा जारी ललितपुर मेयर्स कप महिला  टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ को फाइनलमा प्रवेश गरेको छ ।

    मंगलबार भएको खेलमा आयोजक ललितपुर मेयर्स ११ लाई ३६ रनले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो। एपीएफले ४ खेलबाट ८ अंक जोडेको छ। ललितपुर भने अंक बिहिन हुँदै बाहिरियो।



    ललितपुरका लागि सोनी पाख्रिनले १५ रन बनाउँदा लक्ष्मी चौधरी र सिमाना केसीले समान १०/१० रन बनाईन् ।



    एपीएफका लागि बिन्दु बुढा र राजमती ऐरीले समान २/२ तथा सुष्मा श्रेष्ठ,इन्दु बर्मा र कप्तान सीता राना मगरले समान १/१ विकेट लिईन् ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट दिएर १ सय १० रन बनायो ।

    ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत केहीबेरमा कीर्तिपुरस्थित मैदानमा अर्को खेल मधेस प्रदेश र कोशी प्रदेशबीच हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार