Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • ललितपुर मेयर कपको उपाधिका लागि कोशी र एपीएफ भिड्ने

    ललितपुर मेयर कपको उपाधिका लागि कोशी र एपीएफ भिड्ने

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 459
    SHARES

    काठमाडौं । काठमाडौंमा जारी ललितपुर मेयर्स कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ को उपाधिका लागि एपीएफ र कोशी प्रदेश भिड्ने भएका छन्।

    मंगलबार सम्पन्न खेलमा मधेस प्रदेशलाई पराजित गरेपछि कोशी प्रदेशको उपाधि भिडन्त तय भएको हो ।



    फाइनल पुगेका कोशी र एपीएफबीचको फाईनल खेल भने चैत १६ गते हुनेछ ।



    ४ खेलमा चार जित सहित ८ अंकका साथ एपीएफ शीर्षमा रह्यो भने कोशी प्रदेश ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका दोस्रो हुँदै फाइनलमा पुगेको हो ।

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा चैत ९ गतेदेखि शुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश,नेपाल एपिएफ क्लब,मधेश प्रदेश र ललितपुर मेयर्स ११ को सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार