Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मुस्ताङमा लेंक लागेर भारतीय महिलाको मृत्यु

    मुस्ताङमा लेंक लागेर भारतीय महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 510
    SHARES

    फाइल तस्विर

    मुस्ताङ । मुस्ताङमा भारतीय महिला पर्यटकको लेंक लागेर मृत्यु भएको छ ।

    भारतको भवानी नगर काप्रा सेकुन्दरावाद हैदरावादीकी ६१ वर्षीया रुपा थाङ्लाको लेंक लागेर मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ दर्शनका लागि बिहीबार बेनी–जोमसोम सडकमार्ग हुँदै २२ जनाको भारतीय टोलीमा उनी जोमसोम आएकी थिइन् ।



    शुक्रबार बिहान जोमसोमबाट मुक्तिनाथ जाने क्रममा रानीपौवा बसपार्कमा लेंक लागेर बेहोस भएकी ढलेकी थिइन्।

    उनलाई उपचारका लागि जोमसोम अस्पताल पुर्‍याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार