Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • महिन्द्रा सर्भिसिङ सेन्टरमा आगलागी हुँदा ७ वटा गाडी जले

    महिन्द्रा सर्भिसिङ सेन्टरमा आगलागी हुँदा ७ वटा गाडी जले

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 381
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ ।

    सोमबार बिहान ४ः४० बजे सर्भिसिङमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीबाट गाडी, स्कुटर र मोटरसाइकल जलेका छन् ।



    बिजुली सर्ट भई तेलमा परेपछि आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीमा ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र २ वटा स्कुटर जलेको पाइएको प्रहरीले जनाएको छ ।



    घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । आगलागी प्रहरी लगायतले ५ बजेर १५ मिनेटमा नियन्त्रणमा लिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार