Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न अदालतको आदेश

    चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न अदालतको आदेश

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 681
    SHARES

    काठमाडौं । आगामी शुक्रबारबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालिन आदेश दिएको छ ।

    फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै पूर्व निर्माता केशव पाण्डेले फिल्म रिलिज तत्काल रोक्न  रिट हालेका थिए ।



    रिटमा उच्च अदालतका न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले अन्तरिम आदेशसँगै चलचित्र विकास बोर्डका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।



    उनको रिटमा थप सुनुवाइ गर्न उच्च अदालतले २६ गते दुवै पक्षलाई बोलाएको छ ।

    निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ भने थापा फरार छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार