Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • छ महिनाभित्र नागरिकता ऐन ल्याउने सरकारको घोषणा

    छ महिनाभित्र नागरिकता ऐन ल्याउने सरकारको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 477
    SHARES

    काठमाडौं । १० दलीय गठबन्धन सरकारले छ महिनाभित्र नागरिकतासम्बन्धी ऐन पारित गर्ने प्रतिबद्धता जनाएको छ ।

    बिहीबार सार्वजनिक संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा सरकारले पूर्णता पाएको छ महिनाभित्र नागरिकसम्बन्धी ऐन पारित गर्ने प्रतिबद्धता जनाएको हो ।



    नागरिकता ऐनमा लैंगिक विभेद पनि अन्त्य गर्ने विषय पनि न्यूनतम साझा कार्यक्रममा राखिएको छ ।



    सरकारले नागरिकताबाट कोही पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने हेतुले छ महिनाभित्र नागरिकतासम्बन्धी ऐन ल्याउने प्रतिबद्धता गरेको छ ।

    सत्ता गठबन्धनले ६ महिनाभित्र प्रहरी समायोजन गर्ने, संघीयताको चुस्त कार्यान्वयनका लागि अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक सुधार आयोग बनाउने पनि घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार