Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बायर्नविरुद्ध सिटीको सहज जित, हालान्डको नयाँ कीर्तिमान

    बायर्नविरुद्ध सिटीको सहज जित, हालान्डको नयाँ कीर्तिमान

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 579
    SHARES

    एजेन्सी । नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउड हालान्डको कीर्तिमानका बीच युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ।

    क्वाटरफाइनलको पहिलो लेगमा सिटीले जर्मन क्लब बायर्न म्युनिखलाई ३–० गोलले पराजित गरेको हो । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बायर्नलाई ३–० गोलले हराउने क्रममा नर्वेका खेलाडीले खेलको ७६ औँ मिनेटमा गोल गरेका थिए ।



    सिटीका लागि यो सिजन उनको ४५ औँ गोल थियो । उनले यो उपलब्धि मात्र ३९ औँ खेलमा हासिल गरेका हुन् । कुनै पनि प्रिमियर लिगका खेलाडीले सबै प्रतियोगितामा गरेको गोलका लागि नयाँ कीर्तिमान हो ।



    सिटीको घरेलु मैदान इतिहाद स्टेडियम म्यानचेस्टरमा मंगलबार राति भएको खेलमा सिटीका लागि रोड्री, बर्नाडो सिल्भा र एर्लिङ ब्राउट हालान्डले गोल गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार