Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल प्रहरीका १३ एसएसपी डीआईजीमा बढुवा

    नेपाल प्रहरीका १३ एसएसपी डीआईजीमा बढुवा

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका १३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन् ।

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधवार बढुवा समितिको सिफारिस अनुसार बढुवा निर्णय गरेका हुन् । २०७९ चैत २९ मा बढुवा समितिले एसएसपीहरुलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।



    डीआईजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णु कुमार के.सी, भरत बहादुर बोहरा, रबिन्द्र के.सी, राजेशनाथ बास्तोला र चन्द्र कुवेर खापुङ रहेका छन् ।



    यस्तै जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल, र बिकासराज खनाल पनि डीआईजीमा बढुवा भएका हुन् ।

    बढुवा सिफारिसविरुद्ध मंगलबार एसएसपीहरु चक्रबहादुर सिंह र अनुराग द्विवेदीले लोक सेवा आयोगमा उजुरी दिएका थिए । तर उनीहरुको उजुरीले सिफारिस बदर भएन ।

    बढुवा सिफारिसविरुद्ध उजुरी परेपनि उजुरी सुन्ने लोक सेवा आयोगले एक दिनमै छिनोफानो गरेको हो । डीआईजीमा बढुवा भएसँगै उनीहरुले भोलि नै दर्ज्यानी चिन्ह लगाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार