Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लोकतान्त्रिक व्यवस्थामाथि प्रहार भइरहेको छ : सञ्चारमन्त्री शर्मा

    लोकतान्त्रिक व्यवस्थामाथि प्रहार भइरहेको छ : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 795
    SHARES

    दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको व्यवस्थामाथि प्रहार भइरहेको बताएकी छिन् ।

    प्रेस सेन्टर नेपाल जिल्ला शाखा दाङले आज घोराहीमा गरेको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शर्माले यस्तो बताएकी हुन् ।



    मुलुकले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक व्यवस्था माथिको प्रहार हुँदै आइरहेको सञ्चारमन्त्री शर्माले बताइन् । मन्त्री शर्माले मुलुकले प्राप्त गरेको व्यवस्था र उपलब्धि माथि कुनै न कुनै तवर तरिकाले प्रहार हुँदै आइरहेको बताएकी हुन् ।



    मुलुकले प्राप्त गरेको उपलब्धि र व्यवस्था माथि कुनै कमी कमजोरी नभए पनि व्यक्तिगतमाथि प्रहार गर्दै व्यवस्थालाई असफल बनाउने दाउमा विभिन्न शक्तिहरू लागि परेको उनले बताइन ।

    मन्त्री शर्माले मुलुकको विकास र समृद्धिका लागि सरकारले विकासमा आधारित योजना र बजेट निर्माणको कामको समेत तीव्र तयारीका साथ लागिरहेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार