Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एसपी आभुषण तिम्सिनाको राजीनामा स्वीकृत

    एसपी आभुषण तिम्सिनाको राजीनामा स्वीकृत

    अनलाइन नेपाल
  • शुक्रबार, २२ बैशाख २०८०
  • 1.4K
    SHARES

    काठमाडौं। प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ ।

    एसएसपी बढुवा सिफारिसमा छुटाएपछि तिम्सिनाले वैशाख १७ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए ।



    बिहीबार गृह सचिव विनोद प्रकाश सिंहले एसपी तिम्सिनाको राजीनामा स्वीकृत गरेका हुन् । बढुवा समितिले वैशाख १५ मा १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो ।



    बढुवा सिफारिसमा छुटेका तिम्सिना मेरिट लिस्टको २० औं नम्बरमा थिए । तिम्सिनाले केही दिनअघि एसएसपी बढुवामा असन्तुष्टि व्यक्त गर्दै राजिनामा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार