Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाल प्रहरीका एसपी नै ११ दिनदेखि थुनामा, यस्तो छ कारण

    नेपाल प्रहरीका एसपी नै ११ दिनदेखि थुनामा, यस्तो छ कारण

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 43.8K
    SHARES

    काठमाडौं । प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहाल ११ दिनदेखि थुनामा छन् । एसपी दाहाललाई सवारी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

    दाहालको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि २४ कात्तिकमा दाहाल पक्राउ परेका थिए ।



    २४ कात्तिकको राति करिब ९ बजे दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडी र मे १० प १६६९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको कन्काई नगरपालिका–८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका– ६ का १८ वर्षीय अनिल मडीको मृत्यु भएको थियो।



    घटनापछि पक्राउ परेका प्रहरी उपरीक्षक दाहाललाई म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार